जीवनको अर्थ - जब साँच्चिकै बाँच्न थालिन्छ (Nepali Poetic Video)
INTRO:
What is life?
Is it just the act of breathing and a heartbeat, or the art of truly living?
This Nepali poem video explores life from a deeper perspective, a reflection that connects soul, thought, and time.
[Video embedded above]
POEM:
हाँसो पनि देखियो,
धड्कन पनि महसुस भयो,
साँसको हरेक लय सम्झनामा बस्यो,
ओठको मुस्कान पनि,
आँखा भित्रको त्यो झल्को पनि…
तर सत्य के हो भने
अब एक अनौठो हेर्ने चाहना पलाएको छ,
एक अनौठो महसुस गर्ने आकांक्षा जन्मिएको छ…
जीवन बाँचिरहेको मान्छेको धड्कन कस्तो सुनिन्थ्यो होला?
हरपल हाँसिरहेको उसको हाँसो कस्तो गूंजिन्थ्यो होला?
जीउँदो उसको साँसको लय कस्तो चल्दो होला?
चाहिएको पाउने र नचाहिएको सहने उसको साँसको गति कस्तो होला?
“जीवन” लाई साँच्चिकै “जीवन” ठान्ने उसको ओठको मुस्कान कस्तो झल्कन्थ्यो होला?
परिस्थितिसँग जुध्दै अघि बढ्ने उसको आँखाको चमक कस्तो झल्कन्थ्यो होला?
“बाँचिरहेको छु” भन्ने उसले अघि बढ्दा उसको उपस्थितिको अनुभूति कस्तो हुन्थ्यो होला?
उस्को स्पर्शले जगाउने भाव कस्तो प्राणवान् हुन्थ्यो होला?
सबैलाई हेर्छु,
सबैलाई सुन्छु,
तर
आफैंलाई हेर्दा कस्तो अद्भुत अनुभव होला?
आफैंलाई सुन्दा कस्तो आत्मिक आनन्द होला?
हेर्नु छ,
तर अब आफैंलाई,
महसुस गर्नु छ,
तर अब आफैंभित्र…
किनभने
जीउँदो हुनु भनेको केवल धड्कन चल्नु होइन, साँस चल्नु होइन,
जीवन त तब हो
जब तिमी साँच्चिकै बाँच्न थाल्छौ।
CONCLUSION:
If this poem touched your heart, share it with someone you love, and leave a comment about your feeling.
Presented by Digi Viron | Bibek Gyanwali
